२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड–१९ का ९१ प्रतिशत संक्रमित होम आइसोलेसनमै

कोभिड–१९ का ९१ प्रतिशत संक्रमित होम आइसोलेसनमै


काठमाडौं—सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ परीक्षणको लागि ५५ हजार १ सय नमुना संकलन गरिएको छ । संकलन गरिएका नमुनामध्ये ३ हजार ९ सय ७५ को रिपोर्ट आउन बाँकी छ ।

कोभिड–१९ परीक्षणको लागि संकलन भएका नमुनाहरु प्रदेशकै विभिन्न प्रयोगशालामा रहेका स्वास्थ्य निर्देशनालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा २ हजार ६ सय ५, सेती अस्पतालमा ४ सय ५० र डोटी अस्पतालमा ९ सय २० नमुनाको नतिजा आउन बाँकी रहेको निर्देशनालयको तथ्यांकमा छ ।

सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म ५ हजार १ सय ४९ जनामा कोभिड–१९ पुष्टि भएको छ भने ४ हजार ३ सय ७६ डिस्चार्ज भएका छन् । अस्पतालबाट मात्रै डिस्चार्ज हुनेको संख्या १ हजार ४१ रहेको छ ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी सक्रिय संक्रमित रहेको भनिएको डोटी जिल्लामा १ सय ८ सक्रिय संक्रमितमध्ये २ जना मात्रै अस्पतालको आइसोलेसनमा रहेको डोटी स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए ।

स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार अछाम जिल्लामा ८२ सक्रिय संक्रमित भएपनि ७७ जना मात्रै रहेको र ५ जना अस्पतालको आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुङगनाले बताए ।

सुदूरपश्चिम प्रदेश राजधानी रहेको कैलालीमा एक सय ५८ जना सक्रिय संक्रमित रहेकोमा सेती र टीकापुर अस्पतालमा निर्माण गरिएको आइसोलेसनमा २० जनाको मात्रै उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा होम आइसोलेसनमा रहेकाहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरे÷नगरेको विषयमा स्थानीय पालिकाले निरिक्षण गर्दै आएको बताइएपनि लापरवाही बढ्दै गएपछि समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढेको छ ।

सुदूरपश्चिम प्रदेशमा ५१ हजार बढीको कोरोना परीक्षण गरिएको छ । प्रदेशका ९ वटै जिल्लाबाट संकलन गरिएका ५१ हजार एक सय ८८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सबैभन्दा बढी सेती प्रादेशिक अस्पतालको प्रयोगशालामार्फत २६ हजार ६ सय २३ जनाको परीक्षण गरिएको छ भने डडेल्धुरा प्रयोगशाला, डोटी प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रदेश बाहिरका अन्य प्रयोगशालामार्फत २४ हजार पाँच सय ६५ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेशमा सबैभन्दा बढी कैलालीमा संक्रमण पुष्टि हुनेको संख्या एक हजार चार सय २० पुगेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७ सय ६४ सक्रिय संक्रमित रहेकोमा विभिन्न जिल्लाका अस्पतालमा उपचारका लागि भर्ना भएकाको संख्या ८ दशमलव ३७ प्रतिशत अर्थात ६४ जना मात्रै रहेको छ । बाँकी ९१ प्रतिशत संक्रमित होम आइसोलेसन र केही संक्रमित मात्रै स्थानीय तहको आइसोलेसनमा रहेका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ