२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदुरपश्चिम प्रदेशमा समुदायस्तरमा कोभिड–१९ संक्रमण बढ्दै

सुदुरपश्चिम प्रदेशमा समुदायस्तरमा कोभिड–१९ संक्रमण बढ्दै


काठमाडौं– सुदुरपश्चिम प्रदेशमा कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ । भारतबाट आएका मानिसहरुमा धमाधम संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा संक्रमण फैलिने जोखिम बढेको हो ।

सुदुरपश्चिममा भारतबाट आएका ९३ प्रतिशत मानिसमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार भारतबाट आएका १ हजार २ सय ३५ महिला र ३ हजार ६ सय ५७ पुरुष गरि ४ हजार ८ सय ९२ जना संक्रमित भएका छन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशमा बाँके बाट आएका १ जना, वीरगञ्जबाट आएका १ जना, ईटहरीबाट आएका १ जना, काठमाडौंबाट आएका ५, नेपालगन्जबाट आएका १ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, कुवेतबाट आएका १ जना, दुवईबाट आएका १ जना, साउदी अरेबियाबाट आएका १ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कुनै पनि ट्राभल हिस्ट्री नभएको २ प्रतिशतमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । ट्राभल हिस्ट्री नभएका ३२ महिला र ७८ पुरुष गरी १ सय १० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।

त्यस्तै , सुदुरपश्चिम प्रदेशमा कोभिड पुष्टि भएका मध्ये ३ प्रतिशत संक्रमितको बारेमा कुनैपनि जानकारी नभएको उल्लेख गरिएको छ । कोभिड–१९संक्रमण पुष्टि भएका ५६ महिला र १ सय ५३ पुरुषको संक्रमणबारे कुनै जानकारी नभएको निर्देशनालयले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ