२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशमहाकाली अस्पतालमा स्थापनाको पाँच दशकपछि आईसीयु सेवा सञ्चालनमा

महाकाली अस्पतालमा स्थापनाको पाँच दशकपछि आईसीयु सेवा सञ्चालनमा


धनगढी—कन्चनपुरको भिमदत्तनगरस्थित महाकाली उप–प्रादेशिक अस्पतालमा पाँच दशकपछि इन्टेन्सीभ केयर युनिट (आईसीयु) सेवा सञ्चालनमा आएको छ । अस्पताल स्थापनाको ५७ वर्षपछि आईसीयु सेवा सञ्चालन भएको हो ।

आईसीयु सेवा सञ्चालनका लागि अहिले महाकाली अस्पतालमा ६ वेडसहितको भेन्टिलेटर जडान गरिएको छ । महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. हरिकुमार श्रेष्ठले हाल ६ वेडको आईसीयु सेवा सुरु भएको बताउँदैं १० वेड पु¥याइने बताए ।

डा. श्रेष्ठले दुई वटा भेन्टिलेटरसमेत सञ्चालनमा रहेको बताए । ‘यसअघि गम्भीर खालका बिरामीलाई यहाँबाट रिफर गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘सघन उपचार सुरु हुँदा बिरामीलाई पनि धेरै सहज भयो ।’ उनले तीन वटा भेन्टिलेटर रहेपनि एउटा पूरानो भएर मर्मत कार्य भइरहेको जानकारी दिए ।

‘चालु आर्थिक बर्षमै दुई करोड बजेट आएको छ,’ उनले भने, ‘अब थप चार भेन्टिलेटर जडान गर्छौं ।’ एक महिनाको अवधिमा ४३ जनाको आईसीयूमा उपचारपछि निको भएर घर फर्किएका छन् । अहिले चार जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । कोडिभ—१९ का कारण सेवामा चुनौती थपिएको बताउँदै उनले अस्पतालसँग भएको मौजुदा जनशक्तिबाट काम भइरहेको जानकारी दिए ।

आईसीयु सेवा, थाइराइड मेसिन, आधुनिक एम्बुलेन्सको सोमबार उद्घाटन गर्दै प्रतिनिधीसभा सदस्य निरुदेवी पालले अस्पताल सुधारका लागि पहल थालिने बताइन् । बजेटका लागि भन्दा पनि ग्राउण्डस्तरमा नागरिकलाई स्वास्थ्य सेवा दिन उनले आग्रह गर्दै आगामी दिनमा समेत आवश्यक सहयोगको प्रतिबद्धता जाहेर गरिन् ।

कञ्चनपुरका जनप्रतिनिधी, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रतिनिधीले अस्पताल सुधार अपरिहार्य भएको बताएका छन् ।

भौतिक संरचनाले सुविधासम्पन्न भएपनि यसअघि यहाँ स्वास्थ्य उपकरण र चिकित्सक थिएनन् । पछिल्लो समय महाकाली अस्पतालले आफ्नो सेवालाई बढाउँदै लगेको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले सुदूरपश्चिम प्रदेशबाट आईसीयु सञ्चालनका लागि एक करोड रुपैयाँ सहयोग प्राप्त भएको बताए ।

‘अक्सिजन प्लान्टका लागि छुट्टै ८० लाख रकम आएपनि लकडाउनका कारण बाहिरबाट मगाउन नसक्दा हाल त्यो रोकिएको छ’, उनले भने, ‘अहिले अक्सिजन प्लान्टका नभएपछि हाल अक्सिजनका दश वटा सिलिण्डरमार्फत अस्थायी रुपमा आईसीयु सञ्चालन गरिरहेका छौं ।’ २८ जना चिकित्सकको दरबन्दी रहेको अस्पातालमा अझै पदपूर्ति हुन भने सकेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ