२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, एकै स्थानीय तहमा थपिए ६३ संक्रमित

सुदूरपश्चिममा थप ७४ जनामा कोरोना पुष्टि, एकै स्थानीय तहमा थपिए ६३ संक्रमित


धनगढी – सुदूरपश्चिम प्रदेशमा थप ७४ जनामा कोरोना पुष्टि भएको छ। सोमबार कैलाली र कञ्चनपुरका थप ७४ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा चार सय ४५ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका ७१ र कञ्चनपुरका तीन जनामा संक्रमण पुष्टि भएको हो। कैलालीको लम्की चुहा नगरपालिकाका मात्रै ६३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

संक्रमित हुनेहरु सबै पुरुष छन्। सूचना अधिकारी श्रेष्ठले धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का चार जना, वडा नम्वर २ का दुई जना, वडा नम्वर १३ का एक जना र घोडाघोडी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए।

यता, कञ्चनपुरको भीमदत्त नगरपालिकाका तीन जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ