२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा सर्पले डसेका विरामी बचाउनै मुस्किल

सुदूरपश्चिममा सर्पले डसेका विरामी बचाउनै मुस्किल


पदम राज भट्ट\हेल्थ आवाज–सुदूरपश्चिममा सर्पदंश उपचार केन्द्र नहुँदा सर्पको टोकाईबाट वर्षेनी धेरैको अकालमै ज्यान जाने गरेको छ । प्रदेशका स्वास्थ्य संस्थाहरुमा सर्पदंशका विरामीको उपचार नहुँदा धेरैको अकालमै मृत्यु हुने गरेको हो । सर्पले डसेपछि उपचारमा आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी स्वास्थ्य संस्थालाई दिएपनि छुट्टै उपचार केन्द्रको अभाव हुँदा समस्या देखिएको हो ।

प्रदेशमा गत वर्ष सर्पको टोकाईबाट ४३ जनाले अकालमै ज्यान गुमाईसकेका छन् भने यो वर्ष पनि ६ जनाको मृत्यु भईसकेको छ । तर, प्रदेशमा सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम भएका अस्पतालमा समेत आईसियु सेवा नभएकै कारण समस्या देखिएको छ । सर्पले टोकेको व्यक्तिलाई एन्टी स्नेक भेनम लगाउँदा अनिवार्य आईसियु आवश्यक पर्ने भएपनि प्रदेशका अस्पतालहरुमा आईसियु सेवा नहुँदा समस्या हुदै आएको छ ।

सर्पले टोकेको व्यक्तिलाई एन्टी स्नेक भेनम लगाउँदा अनिवार्य आईसियु आवश्यक पर्ने भएपनि प्रदेशका अस्पतालहरुमा आईसियु सेवा नहुँदा समस्या हुदै आएको छ । भौगोलिक विकटता, आईसियु सेवाको अभावलगायतका कारण सर्पदंशको उपचार नपाई अकालमै ज्याउन गुमाउनुपर्ने बाध्यता छ ।

जिल्ला अस्पताल डोटीका प्रमुख डाक्टर भुषण मिश्रले एन्टी स्नेक भेनम उपलब्ध भएपनि आईसियु अभावमा सर्पदंशका विरामीको उपचार कठिन भएको बताए । उनले हालसम्म अस्पताल पु¥याईएका सर्पदंशका विरामीको मृत्यु भने नभएको बताए । क्षेत्रिय मेडिकल स्टोरका अनुसार सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल, टीकापुर अस्पताल, डडेल्धुरा अस्पतालसहित अन्य जिल्ला अस्पताललाई पनि निःशुल्क उपलब्ध हुने एन्टी स्नेक भेनम वितरण गरिदै आएको छ । ती मध्ये सेती अस्पतालमा मात्र चार वेडको आईसियुर सेवा उपलब्ध छ, तर प्रदेशका नौ ओटै जिल्लाबाट गम्भीर प्रकृतिका विरामी सेतीमै आउने गरेका कारण प्रायजसो आईसियु भरिने गरेको अस्पतालले बताउँदै आएको छ ।

कतिपय अवस्थामा आईसियुमा राख्नु्पर्ने गम्भीर प्रकृतिका विरामी अन्यत्र समेत रेफर गरिदै आएको छ । भौगोलिक विकटता, आईसियु सेवाको अभावलगायतका कारण सर्पदंशको उपचार नपाई अकालमै ज्याउन गुमाउनुपर्ने बाध्यता छ ।

सर्पले डसेपछि पक्षघातको सम्भावना भएकोले सघन उपचार कक्ष आईसियु अनिवार्य चाँहिने चिकित्सकले बताउँदै आएका छन् । सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डे सर्पदंशका विरामीलाई विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सिद्धान्त अनुसार औषधी दिने गरिएको बताए । तर, बढि विषालु सर्पले टोकेका विरामीको हकमा लामो समय सम्म अस्पताल राख्नुपर्ने भएकाले सबै अस्पतालमा आवश्यक पूर्वाधारको उचित प्रवन्ध हुन जरुरी रहेको पाण्डेले बताए ।

सुदूरपश्चिमका कुनै पनि सरकारी अस्पतालमा अहिले सम्म छुट्टै सर्पदंश उपचार केन्द्र स्थापना हुन सकेको छैन् । तर, नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण र श्री नं २५ वाहिनी अन्तरगत कञ्चनपुरको अर्जुनीमा रहेको देवीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ ।

कैलालीको कालीरक्षा गणमा सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि हालसम्म ५४५ जनाको उपचार गरिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि सर्पदंशको समस्यालाई गम्भीर रुपमा नलिएको सर्बसाधरणले आरोप लगाएका छन् । धनगढीमा आईसियु र भेन्टीलेटर सेवा भएका नीजि अस्पतालमा वर्षातको बेला सर्पदंशका विरामी पुग्ने गरेपनि निःशुल्क पाईने एन्टी स्नेक भेनम वितरण गर्न नपाउँदा समस्या हुदै आएको छ ।

धनगढीको निसर्ग अस्पतालका सञ्चालक कुवेर शाहीले वर्षातको समयमा दैनिक जसो सर्पदंशका घटना हुने गरेको बताए ।
सेती अस्पतालले केही जटिल प्रकृतिका केसमा एन्टी स्नेक भेनम उपलब्ध गराएको भएपनि नीजि अस्पताललाई दिन नमिल्ने जनाएको छ। क्षेत्रिय मेडिकल स्टोरले समेत स्वास्थ्य विभागको निर्देशन अनुसार नै सर्पदंशको उपचारका लागि आवश्यक पर्ने एन्टी स्नेक भेनम सरकारी अस्पतालाई मात्र दिने गरिएको जनाएको छ । क्षेत्रिय मेडिकल स्टोर धनगढीका प्रमुख नारद प्रसाद साहनीले नीजि अस्पताललाई एन्टी स्नेक भेनम वितरण गर्न नमिल्ने बताएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले भने सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको एन्टी स्नेक भेनम निजी अस्पताल मार्फत सर्पशदंका विरामीलाई लगाउने नमिल्ने कुरा पूर्ण रुपमा बन्देज नभएपनि जटिल प्रकृतिको उपचार सेवा भएकाले नदिईएको बताए। वर्षातको समयमा तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको बिगबिगी हुन्छ भने पहाडमा हरेउ र गुर्वेलगायतका विषालु सर्पले डस्ने गरेको छ । तर सर्पदंशको उपचार सेवा नहुँदा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ