२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबैतडीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन

बैतडीमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालाको उद्घाटन


धनगढी – जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको बिहिबार उद्घाटन गरिएको छ। सो प्रयोगशाला प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताइन। बैतडीमा परीक्षण सुरु भएसंगै डडेल्धुरा र कैलालीमा स्वाब पठाउनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ।

पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ