२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसमायोजनको प्रभाव : सेती अस्पतालमा नाक, कान र घाटीको उपचार सेवा बन्द

समायोजनको प्रभाव : सेती अस्पतालमा नाक, कान र घाटीको उपचार सेवा बन्द


कैलाली-समायोजनपछि स्वास्थ्य मन्त्रालयले चिकित्सकहरुको पदस्थापन गरेसँगै सुदूरपश्चिमका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ ।

सोही क्रममा सुदूरपश्चिमको रेफरल अस्पतालको रुपमा रहेको सेतीमा नाक, कान र घाटी (इएनटी) उपचार सेवा ठप्प भएको छ । अस्पतालमा नाक, कान र घाटी विभाग हेर्दै आएका डा. अशोक श्रीपाईलीको भेरी अस्पतालमा पदस्थापन भएपछि १५ गतेदेखि नै उक्त विभाग बन्द रहेको हो ।

यसअघि पनि डा. श्रीपाईलीको भेरी अस्पतालमा दरबन्दी भएपनि सेती अस्पतालमा काजमा काम गर्दै आएका थिए । तर, समायोजनपछि पदस्थापन भेरीमै भएपछि डा. श्रीपाईली साउन १५ गते भेरी अस्पतालमा हाजिर भएका छन् । सोही दिनदेखि ईएनटी सेवा बन्द रहेको सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले बताए ।

सेती अस्पतालमा ९ र १० औं तहका लागि मात्रै नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा डा. श्रीपाईली ११ औं तहका भएकाले दरबन्दी नभएपनि काजमा कार्यरत थिए । नाक, कान, घाटी रोग विशेषज्ञ डाक्टरको पनि दरबन्दी खाली रहेको छ ।

यता डा. श्रीपाईलीले भने भेरी अस्पतालमा पदस्थापन भएपनि फेरि सेतीमै काजमा आइरहेको बताए । उनले १५ गते नै भेरीमा हाजिर भएपनि सेतीमा सेवा नै ठप्प भएपछि फेरि काजमा सेती अस्पतालमा आउन लागेको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ