२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालको अध्यक्षमा दुर्गादत्त, महाकालीको अध्यक्षमा कृष्णदत्त

सेती अस्पतालको अध्यक्षमा दुर्गादत्त, महाकालीको अध्यक्षमा कृष्णदत्त


कैलाली—सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती र महाकाली अस्पताल विकास समितिका अध्यक्षको नियुक्ति गरेको छ । गठन आदेश मन्त्रिपरिषद्बाट पारित भएको झण्डै ६ महिनापछि सेती र महाकाली अस्पतालले विकास समितिको अध्यक्ष पाएको हो ।

बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सेती अस्पतालमा दुर्गादत्त जोशी र महाकाली अस्पतालमा कृष्णदत्त जोशी ‘बोक्सर’लाई अध्यक्षमा नियुक्त गरेको हो ।

सुदूरपश्चिमभरिका अस्पतालहरु झण्डै १३ महिनादेखि विकास समितिविहिन थिए । अस्पताल विकास समिति गठन आदेश—२०१३ खारेज भएपछि सुदूरपश्चिमका अस्पतालहरु २०७५ जेठदेखि नै विकास समितिविहिन बनेका थिए । अन्य अस्पतालमा पनि विकास समिति गठन हुनुपर्ने भएपनि गठन आदेशमा केही संशोधन गर्नुपर्ने भन्दै गरिएको छैन् ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल व्यवस्थापन गठन आदेशको स्वीकृतीका लागि मन्त्रिपरिषदमा फाइल पठाएपछि मन्त्रिपरिषद्को पौष १८ गतेको निर्णयले गठन आदेश पारित गरेको थियो । १५ शैय्यामाथिका सबै अस्पतालमा विकास समिति गठन गर्नुपर्ने हुन्छ ।

मालाखेती अस्पताल कैलाली, जोगबुडा अस्पताल डडेल्धुरा, गोकुलेश्वर अस्पताल दार्चुलालाई प्रदेश सरकारले १५ शैय्याबाट २५ सैय्याको अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र बेलौरी कञ्चनपुरलाई २५ सैय्याको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरिसकेको छ ।

विकास समितिको अभावमा दीर्घकालीन र अल्पकालीन योजनाहरु बनाउन समस्या भएको अस्पतालहरुले बताउँदै आएका थिए । अस्पताल विकास समितिहरुलाई अस्पतालको व्यवस्थापन र संचालन गर्ने, अस्पताल व्यवस्थापनको लागि दीर्घकालीन तथा अल्पकालीन योजना तर्जुमा गर्ने गराउने, आवश्यक साधन र स्रोत जुटाउने, अस्पतालको बजेट स्वीकृत गर्ने, अस्पतालको सेवा शुल्क निर्धारण गर्ने, भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्नेलगायतका अधिकार दिइएको हुन्छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ