२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


कैलाली – कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर १ की ६३ बर्षीया संक्रमित महिलाको सोमबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ती महिलामा असोज १० गते कोरोना पुष्टि भएको थियो भने उनको आइसियूमा उपचार भइरहेको थियो।

‘श्वासप्रश्वासमा समस्या भएपछि उनी कोरोना पुष्टि हुन अगाडिदेखि नै सेतीमा उपचाररत थिइन्। विगत ७ गतेदेखि उपचार भइरहेकोमा उनको आज मृत्यु भएको हो।’ ,सूचना अधिकारी श्रेष्ठले भने। योसँगै धनगढीमा कोरोना संक्रमित मृतकको संख्या तीन पुगेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ