२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ७६ पुग्यो

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ७६ पुग्यो

सक्रिय संक्रमितको संख्या १ हजार १ सय ५७ जना


धनगढी—सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ३ सय ७६ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा बढी कोरोना संक्रमित कैलालीमा रहेका छन् ।

अहिलेसम्म कैलालीमा २ हजार ५ सय ४८, डोटीमा १ हजार ९८, अछाममा १ हजार ७७, कंचनपुरमा ८ सय १४ जना कोरोना संक्रमित भएका छन् ।

त्यस्तै, बझाङमा ५ सय ४९, बाजुरामा ४ सय ५३, बैतडीमा ४ सय १८, डडेल्धुरामा ३ सय ३७ र दार्चुलामा ८१ जना कोरोना संक्रमित रहेका छन् ।

१ हजार १ सय ५७ सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको संख्या १ हजार १ सय ५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा छ । कैलालीमा सक्रिय संक्रमितको संख्या ६ सय ६७, डोटीमा १ सय ३८, बझाङमा १ सय १०, अछाममा १ सय ६ रहेको छ ।

त्यस्तै, कंचनपुरमा ६५, दार्चुलामा ३०, बैतडीमा २८ र डडेल्धुरामा १२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

६ हजार संक्रमित कोरोनामुक्त

सुदूरपश्चिम प्रदेशमा ६ हजार २ सय ३ जना संक्रमित कोरोनामुक्त भएका छन् । कोरोनामुक्त हुनेमा सबैभन्दा बढी कैलालीमा रहेका छन् । कैलालीमा १ हजार ८ सय ७३ जना कोरोनामुक्त भएका छन् ।

त्यस्तै, अछाममा ९ सय ६९, डोटीमा ९ सय ६०, कंचनपुरमा ७ सय ४९, बाजुरामा ४ सय ५१, बझाङमा ४ सय ३७ जना कोरोनामुक्त भएका छन् । बैतडीमा ३ सय ८९, डडेल्धुरामा ३ सय २४ र दार्चुलामा ५१ जना कोरोनामुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९५ जना संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा

सुदूरपश्चिम प्रदेशमा ९५ कोरोना संक्रमित मात्रै अस्पतालको आइसोलेसनमा रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार टिकापुर अस्पतालमा ३३ जना, सेती प्रादेशिक अस्पतालमा २४ जना र महाकाली अस्पतालमा २४ जना रहेका छन् ।

त्यस्तै, जिल्ला अस्पताल अछाममा १० जना, जिल्ला अस्पताल डोटीमा २ जना र डडेल्धुरा अस्पतालमा २ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा १४ जना कोरोनाको शंकास्पद बिरामी अस्पतालको आइसोलेसनमा रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार बयलपाटा अस्पतालमा ६ जना, जिल्ला अस्पताल डोटीमा ३ जना, गोकुलेश्वर अस्पतालमा २ जना, जोगबुढा अस्पतालमा १ जना सुप प्रदेश प्रहरी अस्पतालमा १ जना कोरोना शंकास्पद बिरामी आइसोलेसनमा छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ