२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम अपडेट : संक्रमितको संख्या ७६६१ पुग्यो, ८६ प्रतिशत कोरोना मुक्त

सुदूरपश्चिम अपडेट : संक्रमितको संख्या ७६६१ पुग्यो, ८६ प्रतिशत कोरोना मुक्त


धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ६१ पुगेको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा २७५५, डोटीमा ११०५, अछाममा १०८५,कंचनपुरमा ८५०,बझाङमा ५५० बाजुरामा ४५३, बैतडीमा ४२५ ,डडेल्धुरा ३३८ र दार्चुलामा ९८ जना कोरोना संक्रमित रहेका छन् ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय जना कोरोना मुक्त भएका छन् । प्रदेशका ९ वटै  जिल्लाका  ६ हजार जना संक्रमित कोरोना मुक्त भएका हुन् । हालसम्म प्रदेशमा सात हजार ६ सय ६१ जनामा कोभिड–१९ को संक्रमण देखिएकोमा ८६ प्रतिशत बढिले कोरोना जितेका हुन ।

सक्रिय संक्रमितको संख्या एक हजार ४३ जना 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका दुई हजार एक सय ४४ जना निको भएर घर फर्किएका छन् । यस्तै, अछामका एक हजार ३१, डोटीका नौँ सय ८३ र कञ्चनपुरका सात सय ६३ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको हो ।

बाजुराका चार सय ५१ जना, बझाङका चार सय ४१, बैतडीका तीन सय ९१, डडेल्धुराका तीन सय २५ र दार्चुलाका ७१ जना संक्रमित पनि डिस्चार्ज भएका छन् । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक हजार ४३ रहेको छ । ९ जिल्ला रहेको सुदूरपश्चिमको कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २ रहेको हो ।

डोटीमा एक सय २२, बझाङमा एक सय सात, अछाममा ५२, बैतडी ३३, कंचनपुरमा ८६, दार्चुलामा २७ र डडेल्धुरामा १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने बाजुरा जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य रहेको निर्देशनालयले जनाएको हो ।

अस्पतालको आइसोलेसनमा मात्रै १०५ जना संक्रमित 

सुदूरपश्चिम प्रदेशको विभिन्न अस्पतालमा गरेर १०५ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार टिकापुर अस्पतालमा ४० जना, महाकाली अस्पतालमा २८ जना,  सेती प्रादेशिक अस्पतालमा २२ जना, जिल्ला अस्पताल अछाममा १० जना डडेल्धुरा अस्पतालमा ३ जना, जिल्ला अस्पताल डोटीमा २ जना  रहेका छन् ।

त्यस्तै,  १४ जना शंकास्पद बिरामी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा ५०८ जना होम आइसोलेसनमा रहेका छन् । प्रदेशमा १ जना कोरोना संक्रमित आइसियुमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ