२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशडा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त

डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त


धनगढी – कैलालीको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख  डा. जगदिश जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको मानार्थ सहायक प्राध्यापकमा नियुक्त भएका छन् ।

प्रतिष्ठानका रेक्टर डा. निरेश थापाकाअनुसार सेती प्रादेशिक अस्पतालमा प्रशिक्षणको लागि आउने ‘जीपी एण्ड इमर्जेन्सी मेडिसिन’ विभागको मानार्थ साहायक प्राध्यापकमा नियुक्त गरिएको जानकारी दिए ।

डा. थापाका अनुसार प्रतिष्ठानले आवेदन खालेको र डा. जोशीको योग्यता तथा अनुभवको आधारमा संस्थालाई कुनै पनि आर्थिक भार नपर्ने गरी नियुक्त गरिएको  हो ।

डा. जगदिश जोशी सेती प्रादेशिक अस्पतालमा ९ औं तहमा इमर्जेन्सी विभागका प्रमुखका  रुपमा कार्यरत छन्  ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ