२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

धनगढीमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


धनगढी – सेती अस्पताल धनगढीमा उपचारत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका २ निवासी  ५७ वर्षीया महिलाको अस्पतालमा उपचारको क्रममा  बिहिबार बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया लिएर १० गते अस्पताल पुगेकी ति महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि १२ गते उनलाई सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा लगिएको थियो ।

उक्त  महिलाको उपचारकै क्रममा आज बिहान करिब ५ः३० मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ