२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा आँखा अस्पतालः जहाँ नेपाली भन्दा भारतीय बिरामीको भीड हुन्छ

गेटा आँखा अस्पतालः जहाँ नेपाली भन्दा भारतीय बिरामीको भीड हुन्छ


कैलाली–नेपालका आँखा सम्बन्धि सयौ बिरामी भरपर्दो उपचारका लागि भन्दैं भारतका अस्पतालमा गएर उपचार गर्दछन । तर कैलालीको गेटामा रहेको आँखा अस्पतालमा भने भारतीय बिरामी बढी आउछन ।

गेटा आँखा अस्पतालमा उपचार गर्न पुर्जा लिन लाइनमा बसेका सेवाग्राहीमध्ये अधिकांश भारतीय नागरिक छन् । आँखाका उपचारका लागि गेटामा सञ्चालित आँखा अस्पतालमा नेपालीभन्दा भारतीय विरामीको भिड हुन्छ ।

अस्पतालमा भारतको उत्तर प्रदेश, उत्तराखण्ड हुदै दिल्लीबाट समेत दिनहुँ बिरामी आउने गरेका छन् । उनीहरुले नेपालीले पाउने सुविधामै उपचार पाउने गरेका छन् । नेपालमा सञ्चालित आँखा अस्पतालमा गुणस्तरीय र भारतमा भन्दा सस्तोमा उपचार हुने भएकाले हजारौं भारतीय नागरिक उपचारका लागि नेपाल आउने गरेका हुन् ।

मोतिया बिन्दु, आँखाको शल्यक्रिया लागायतका बिरामीको भारतमा भन्दा नेपालमा राम्रो उपचारको हुने भएकोले नेपाल आएको भारतीय सेवाग्राहीहरु बताउँछन् । भारतबार आँखा उपचारकै लागी गेटा आँखा अस्पताल पुगेका एक सेवाग्राहीले भने, ‘यहाँ राम्रो उपचार हुन्छ त्यसैले आएको हुँ । मोतियाबिन्दुका विरामीको उपचार नेपालमा मात्रै हुन्छ भनेर सुनेको थिए त्यसैले नेपाल आए ।’

भारतको आँखा अस्पतालमा भन्दा यहाँको अस्पतालमा सस्तो र राम्रोे उपचार हुने भएकै कारण आँखा उपचार गर्न नेपाल आएको अर्का सेवाग्राहीले बताए । गेटा आँखा अस्पतालमा झण्डै ५० प्रतिशत भारतीय विरामी आउने गरेको अस्पतालका सञ्चालकहरु बताउँछन् ।
भारतीय अस्पताल भन्दा गुणस्तरीय सेवा नेपालमा पाइने भएकोले भारतीयय बिरामी आँखा उपचारको लागि नेपाल आउने गरेको गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेश चन्द्र भट्टले बताए ।

गेटा आँखा अस्पतालले आर्थिक वर्ष २०७५/०७६ मा मात्रै झण्डै दुई लाख ५० हजार नौ सय ८७ जना आँखा बिरामीको उपचार गरेको तथ्याङक रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ