२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगलत ठेगाना उपलब्ध गराउँदा २ महिनासम्म कोरोना संक्रमितको पहिचान खुलेन

गलत ठेगाना उपलब्ध गराउँदा २ महिनासम्म कोरोना संक्रमितको पहिचान खुलेन


धनगढी –  कोरोना परिक्षण गराउदा गलत ठेगाना उपलब्ध गराएपछि कञ्चनपुरमा कोरोना संक्रमित व्यक्तिको पहिचान खुल्न सकेको छैन । स्वाब संकलन गराउदा अधिकांशले नाम र ठेगाना गलत दिन थालेपछि संक्रमित व्याक्तीको पहिचान खुलाउन समस्या हुने गरेको पाइएको छ ।

पछिल्लो समय कञ्चनपुरमा व्यक्तिगत रुपमा कोरोनाको पीसीआर परीक्षण गर्ने क्रम बढेसँगै संक्रमितको पहिचान गर्न पनि समस्या भएको छ । कोरोना संक्रमण पुष्टि भएका कञ्चनपुरका एक व्यक्तिको दुई महिना पुग्दासमेत पहिचान खुल्न सकेको छैन ।

गत भदौमा कोरोना पोजेटिभ देखिएका ती व्यक्तिको ठेगाना भीमदत्त नगरपालिका– ५ उल्लेख गरिएको छ । तर, उनको विवरण न त पालिकाले स्वाब लिएका व्यक्तिहरुको लिस्टमा छ, न त स्वास्थ्य कार्यालयको लिस्टमा नै छ । प्रहरी र स्थानीय प्रशासनले टोल टोलमा गएर खोज्दासमेत ती व्यक्तिको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

यस्तै, गत शनिबार सेती प्रादेशिक अस्पतालले पालिकालाई पठाएको पत्रमा पनि दुई संक्रमितको ठेगाना फरक परेको छ । पछिल्लो समय अस्पतालले पठाएका संक्रमितहरुको लिस्टमा यसरी नाम, ठेगाना र सम्पर्क नम्बर फरक हुने तथा पहिचान नखुल्ने गरेको पाइएको छ ।

शुल्क तिरेर व्यक्तिगत रुपमा पीसिआर परीक्षण गर्न पाइने सरकारले ल्याएको प्रावधानले स्वास्थ्यकर्मीलाई संक्रमित पहिचान गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले बताए । पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि कतिपयले पहिचान लुकाउन ठेगाना नखुलाउने गरेको भेटिएको छ । समाजमा कोरोना संक्रमितलाई गरिने तुच्छ व्यवहारका कारण पनि स्वाब परीक्षण गराउँदा परिचय गलत दिने गरेको पाइएको छ ।

कञ्चनपुरमा संक्रमण पुष्टि भएका एक हजार एक सय ३२ जनामध्ये एक सय १४ जना एक्टिभ संक्रमित रहेका छन् । उनीहरुमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । तर आइसोलेसनमा बस्दा अपनाउनुपर्ने मापदण्ड भने पुरा गरेको देखिदैन् । न त यसबारे निगरानी हुन सकेको छ । आइसोलेसनमा बसाउनुअघि सरकारले जारी गरेको निर्देशिका अनुसारको मापदण्ड भए नभएको अनुगमन गर्नुपर्ने हुन्छ । होम आइसोलेसनमा बसेका संक्रमितहरु समुदायमा घुलमिल हुने र सामाजिक दुरीको ख्याल नगर्दा संक्रमणको जोखिम बढेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ