२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा १६ हजार फ्रन्टलाइनर्सलाई खोप लगाउने तयारी

सुदूरपश्चिम प्रदेशमा १६ हजार फ्रन्टलाइनर्सलाई खोप लगाउने तयारी


काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा अग्रपंक्तिमा खटिएका कर्मचारीलाई खोप लगाउने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीका अनुसार पहिलो चरणमा आएको खोपको डोज १६ हजार अग्रपंक्तिमा खटिएका कर्मचारीलाई लगाउने तयारी भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले सोमबार सो प्रदेशमा ३६ हजार डोज खोप पठाएको प्रवक्ता कार्कीले जानकारी दिए।

सो प्रदेशमा १० वटा केन्द्रबाट खोप अभियान सुरु गरिने प्रवक्ता कार्कीले बताए । जसमध्ये कैलालीमा २ वटा खोप केन्द्र सेती अस्पताल र टिका अस्पताल, कन्चनपुरको महाकाली अस्पताल र  अन्य जिल्लाहरुमा जिल्ला अस्पतालमा खोप केन्द्र तोकीएको उनको भनाई छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ