२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबाजुरामा आज ९ सय ३५ जनालाई खोप लगाइदै

बाजुरामा आज ९ सय ३५ जनालाई खोप लगाइदै


काठमाडौँ – सुदूरपश्चिम प्रदेशको बाजुरामा कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ । बिहिबार देखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको  स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

उनका अनुसार  जिल्लामा पहिलो चरणमा ९ सय ३५ जनालाई कोरोना विरुद्धको खोप लगाइने छ । अन्य जिल्लामा बुधबारदेखि सुरू भएको अभियान बाजुरामा भने आजबाट सुरु भएको हो ।

खोप पुग्न ढिलाइ भएकाले बिहिबारदेखि अभियान थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ