२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा १४ हजारभन्दा बढीले लगाए कोरोना खोप

सुदूरपश्चिम प्रदेशमा १४ हजारभन्दा बढीले लगाए कोरोना खोप


धनगढी – सुदूरपश्चिम प्रदेशमा १४ हजारभन्दा बढी मानिसले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । प्रदेशमा १६ हजार ३ सय ३८ लाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य भएपनि १४ हजार ८ सय ५५ जनालाई खोप लगाइएको हो ।

प्रदेशमा पहिलो चरणमा खोप लगाउने लक्ष्यको ९१ प्रतिशत प्रगति भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिँह कार्किले जानकारी दिए ।

उक्त प्रदेशमा ९ जिल्लाका १२ खोप केन्द्रबाट पहिलो चरणको खोप अभियान संचालन भएको थियो । मन्त्रालयका अनुसार कैलालीमा ४ हजार १ सय ८४ , कंचनपुरमा २ हजार ७ सय ९२, अछाममा १ हजार ४ सय ९५ डोटीमा १ हजार १ सय ३७ , डडेल्धुरामा १ हजार ६२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

त्यस्तै, बैतडीमा १ हजार ३ सय ९७, बझाङमा १ हजार ९१ र दार्चुलामा १ हजार ८२ , बाजुरामा ६ १५ जनालाई खोप लगाईएको छ । सुदूरपश्चिम प्रदेशलाई पहिलो चरणमा खोप लगाउन ३६ हजार डोज खोप प्राप्त भएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ