२०८३ असोज १८, आईतबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ८७.५५ प्रतिशतले खोप लगाए

सुदूरपश्चिम प्रदेशमा लक्ष्यको ८७.५५ प्रतिशतले खोप लगाए


धनगढी—सुदूरपश्चिम प्रदेशमा पहिलो चरणको खोप अभियानअन्र्तगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशमा झण्डै २३ हजार ४ सय १७ जनालाई कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड लगाइएको छ ।

पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएका छन् । कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप लगाइएको छ ।

यस्तै, अछाममा १ हजार ७ सय ९३ जना, दार्चुलामा १ हजार ७ सय ४६ जना, डडेल्धुरामा १ हजार ६ सय जना र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ