२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशलम्कीमा लायन्सले आँखा उपचार केन्द्र बनाउँदैं

लम्कीमा लायन्सले आँखा उपचार केन्द्र बनाउँदैं


लम्की—कैलालीको लम्कीमा लायन्स क्लब लम्कीले आँखा उपचार केन्द्र बनाउने भएको छ । झण्डै तीन कण्ठा जग्गामा ल्याब, जनरल ओपीडी, सोधपुछ कक्ष, शल्यक्रिया कक्ष, डाक्टर कक्ष, चेन्जिङ रुम र लबीसहितको आँखा अस्पताल बन्न लागेको हो ।

लायन्स क्लब प्रदेश ७ को मुल्यांकन कमिटीका अध्यक्ष दीपक तिमिल्सिनाकाअनुसार अहिले आँखा अस्पतालका निर्माणका लागि तयारी समेत अगाडि बढिसकेका छन् । ‘हामीले अस्पतालका निर्माण तयारी अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘ढुंगा तयार पारिसकेका छौं, नक्सा पनि तयार भइसकेको छ ।’ लम्की लायन्स तिमिल्सिनाको होम क्लब पनि हो ।

आँखा अस्पतालका लागि जिसस कैलालीका संयोजक सुर्यबहादुर थापा १ कण्ठा २ धुर जग्गा दान गरेका छन् । लम्की खानेपानीले थप जग्गाको व्यवस्था गरिदिएको छ ।

आँखा अस्पतालका लागि क्लबले आफ्नै कोषका साथै जिसस कैलाली, लम्की चुहा नगरपालिका र अन्य दाताहरुको सहयोग रहने तिमिल्सिनाले जानकारी दिए । ‘सबैतिरबाट सहयोग हुँदैछ,’ उनले भने, ‘सबैतिरको सहयोगको आधारमा अस्पताल निर्माण हुने भएकाले कति समयमा सकिन्छ त्यो भने अहिल्यै भन्न सकिदैंन् । तर, हामीले छिट्टै सक्ने योजना बनाएका छौं ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ