२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा ९ जना सम्मानित

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा ९ जना सम्मानित


धनगढी—सुदूरपश्चिम प्रदेशमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सफल बनाउन सहयोग गर्ने ९ जनालाई सम्मान गरेको छ । स्वास्थ्य निर्देशनालयद्वारा धनगढीमा ग्रामीण अल्ट्रासाउण्डको वार्षिक समीक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मान गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रममा स्थानीय तहका अनमीहरुलाई तालिम प्रदानमा प्रावधिक सहयोग गर्ने सोलुखुम्बु पोलिटेक्नीकका डा. मिङमार शेर्पा, भेरी अस्पतालका कन्सलटेन्ट रेडियोलोजिस्ट डा. वीरेन्द्रबहादुर चन्द सम्मान गरेको छ ।

त्यस्तै, ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रशिक्षकको रुपमा सहयोग गरेका निसर्ग अस्पतालका उक्त कन्सलटेन्ट रेडीयोलोजिस्ट डा.अनुज श्रेष्ठ, नोभा अस्पतालका कन्सलटेन्ट रेडियोलोजिस्ट डा.गोविन्द विष्टलाई सम्मान गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा विगत लामो समयदेखि विशेषज्ञ स्वास्थ्य शिविरहरु सञ्चालनार्थ प्राविधिक सहयोगको लागि समन्वात्मक भूमिका निर्वाह गरेको भन्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेका प्रबन्ध सञ्चालक डा. सुरेशकुमार कनोडीया र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेका सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्ललाई पनि सम्मान गरेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सफल बनाउन सहयोग सोलुखुम्बु पोलिटेनिकका सहायक प्रशिक्षकद्वय स्मिता खड्का र ज्योति हमाललाई पनि सम्मान गरेको छ । प्रदेशमा ग्रामीण अल्ट्रासाउण्ड तालिममा प्रशिक्षक ब्यवस्थापनमा सहयोग गरेको भन्दै हस्पिटेक इन्टरप्राईजेजका सुदेश कुमारलाई सम्मान गरिएको छ ।

सुदूरपश्चिम प्रदेशमा मातृ तथा बाल शिशु मृत्युदर घटाउनमा स्वास्थ्यका प्रमुख खम्बाको रुपमा रहेका ८८ वटै स्थानीय तहमा कार्यरत ग्रामीण अल्ट्रासाउण्ड तालिम लिएका अनमीहरु स्वास्थ्य निर्देशनालयले प्रमाणपत्र समेत प्रदान गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ