२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशभारतबाट फर्किएका २ जना संक्रमितको मृत्यु

भारतबाट फर्किएका २ जना संक्रमितको मृत्यु


धनगढी – सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका २ जनाको मृत्यु भएको छ । भारतबाट फर्किएका डोटीका एक र अछामका एक पुरुषको मृत्यु भएको हो ।

१५ दिनअघि भारतको गुजरातबाट अछामको साँफेबगर नगरपालिका वडा ६ भाग्यश्वरका ६५ वर्षीय पुरुषको बिहीबार बिहान जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताए ।

बुधबार बयालपाटा अस्पतालमा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुस्टि भएको थियो । कोरोना पुस्टिपछि उनलाई बुधबार नै जिल्ला अस्पतालको आइशोलेसनमा राखेर उपचार गरिएको थियो।

त्यस्तै, भारतबाट फर्केर होमक्वारेन्टिनमा बसेका अर्का युवकको सामान्य स्वास्थ्य समस्या देखिएपछि मृत्यु भएको छ। ११ दिनअघि भारतको गुजरातबाट फर्केका डोटीको दिपायल सिलगढी नगरपालिका–१ घटालीका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । संगै काम गरिरहेका ती युवकका दाईको कोरोना संक्रमणका कारण गत शनिबार भारतमा मृत्यु भएको बताइएको छ ।

दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण मृत्यु भएको आशंका गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ