२०७८ असार ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण

गौरीफन्टा नाकामा एन्टीजेन परीक्षण गर्दा ९ प्रतिशतमा संक्रमण


धनगढी—सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेको छ । प्रदेशमा भारतबाट फर्किएका डोटीमा १ जना, अछाममा १ र बझाङमा १ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म गौरीफन्टा नाका हुँदै १० हजार ४ सय १८ जना भित्रिएका छन् । एन्टीजेन परीक्षण गर्दा जसमध्ये ९.७१ प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार १२ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार गौरीफन्टा नाका हुँदै नेपाल फर्किएकामध्ये ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदका अनुसार सो नाका भएर बिहीबार ७ सय जना भित्रिएका छन् ।

तीमध्ये ४ सय १८ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

नाकामा भेटिएका संक्रमितहरुलाई धनगढीस्थित कनरीमा स्थापना भएको क्वारेन्टिनमा राखिने गरिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)