२०७८ असार ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप ३ जना कोरोना संक्रमितको मृत्यु

सुदूरपश्चिममा थप ३ जना कोरोना संक्रमितको मृत्यु


धनगढी— दोस्रो कोभिड—१९ संक्रमणको लहर फैलिएसँगै सुदूरपश्चिम प्रदेशमा प्रभाव पर्न थालेको छ । सोमबार सुदूरपश्चिम प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कञ्चनपुरस्थित महाकाली अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१५ का ७० वर्षीय कोरोना संक्रमित पुरूषको सोमवार बिहान १ बजेर ३० मिनेटमा र भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषको सोमबार बिहान ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवै जनालाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी नारद भट्टले भीमदत्त नगरपालिका–४ का ६० वर्षका पुरूषलाई शनिबार मात्र अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

त्यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका ४५ वर्षीय एक पुरुषको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)