२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिमका ३ अस्पतालमा अक्सिजन प्लान्ट र स्वास्थ्य पूर्वाधार बनाउन २३ करोड ४० लाख निकासा

सुदूरपश्चिमका ३ अस्पतालमा अक्सिजन प्लान्ट र स्वास्थ्य पूर्वाधार बनाउन २३ करोड ४० लाख निकासा


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका ३ ठुला अस्पतालमा अक्सिजन ट्यांक, आईसीयू र भेन्टिलेटर थप गर्न २३ करोड ४० लाख निकासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालका लागि उक्त रकम निकासा गरेको हो ।

सेती अस्पतालमा १० आईसीयू, ५ भेन्टिलेटर र अक्सिजन ट्यांक खरिद गर्न ६ करोड ८० लाख पठाइएको छ । यस्तै, महाकाली अस्पतालमा १० आईसीयू, ५ भेन्टिलेटर र एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि ९ करोड ८० लाख रुपैयाँ पठाइएको छ ।

पहाडी जिल्ला डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा १० आईसीयू र ५ भेन्टिलेटर र एउटा अक्सिजन ट्यांक खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको विशेष पहलमा उक्त बजेट निकासा गरिएको हो । सुदूरपश्चिममा अहिले कोभिड-१९ संक्रमित बिरामीका लागि अक्सिजनको चरम अभाव छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ