२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग

धनगढी उपमहानगरद्वारा भ्याक्सिन खरिदका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति माग


धनगढी–सुदूरपश्चिमको धनगढी उपमहानगरपालिकाले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेको छ । शुक्रबार धनगढीका मेयर नृप वडले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेर खोप खरिदका लागि अनुमति मागेका हुन् ।

उनले नगरवासीबाट कोभिड–१९ विरुद्धको खोप चाडो उपलब्ध गराउनुपर्ने अत्याधिक माग आएको पत्रमा उल्लेख गरेका छन् । मेयर वडले नागरिकको जीवन रक्षाका लागि नेपाल सरकारको मूल्य र मापदण्डअनुसार कोभिड–१९ भ्याक्सिन उपलब्ध गराइदिन तथा खरिदका लागि अनुमति प्रदान गर्न माग गरेका छन् ।

धनगढीको उक्त पत्र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई बोधार्थ पठाइएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ