२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा ४ सय ५५ संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा ४ सय ५५ संक्रमित थपिए


धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४ सय ५५ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय दिपायल डोटीका अनुसार ६ सय ८७ एन्टीजेन विधिबाट गरिएको परीक्षणमा १ सय ४३ जनामा कोभिड-१९ पुष्टि भएको हो ।

त्यस्तै, ९ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा ३ सय १२ जना कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कैलालीका १ सय ९२, कञ्चनपुरका ५३,बझाङका ४५ अछामका २१ र डोटीका १ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको ८ हजार ७ सय २९ रहेको छ ।

हालसम्म यहाँ कोरोना संक्रमितको संख्या ३९ हजार १ सय ८१ पुगेको छ ।

पछिल्लोृ २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा कंचनपुरका ५ जना , कैलालीका २ जना र बाजुरामा १ जनाको ज्यान गएको छ ।

 प्रदेशमा कोभिड संक्रमणबाट मुत्यु हुनेको संख्या ४ सय ९५ पुगेको छ । जसमध्ये २ सय १८ जनाको एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको पिसिआर परीक्षणमा संक्रमण पुष्टि पाइएको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ