२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकञ्चनपुरका २ स्थानीय तहले गर्न थाले समुदायस्तरमा एन्टिजेन परीक्षण

कञ्चनपुरका २ स्थानीय तहले गर्न थाले समुदायस्तरमा एन्टिजेन परीक्षण


धनगढी – कञ्चनपुरका २ स्थानीय तहले समुदायस्तरमै एन्टिजेन परीक्षण गर्न थालेका छन् । सोमबारबाट भिमदत्त नगरपालिका र बेदकोट नगरपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समुदायस्तरमै एन्टिजेन परीक्षण गर्न थालेको हुन् ।

बेदकोट नगरपालिकामा सोमबार नगरपालिकाको वडा नम्बर १ स्थित रडाहा स्वास्थ्य कार्यालयमा एन्टिजेन परीक्षण भएको नगर प्रमुख अशोक चन्दले बताए । एन्टिजेन परीक्षणका लागि आफूलाई कोभिड–१९ को लक्षण देखिएको वा संक्रमणको शंका लागेकाहरुले स्वस्फूर्त रुपमा परीक्षण गराउन सक्ने उनले बताए । यसैगरी भोलि वडा नम्बर २ र ३ मा परीक्षण गरिने नगर प्रमुख चन्दले बताएका छन् ।

यस्तै, नगरपालिकाले हप्ताको दुई दिन आइतबार र बुधबार पीसीआर परीक्षण पनि गर्दै आएको छ ।

भिमदत्त नगरपालिकाले समुदायमा कोभिड–१९ को संक्रमण पहिचान नभएर बसेका ब्यक्तिहरुको समयमा निदान तथा उपचार व्यवस्था गर्न नगरपालिकाबाट परीक्षणको दायरा बढाउने निर्णय गरी सोमबारबाट भिमदत्त नगरपालिका वडा.नं २, ११, १४ र १९ नं वडाबाट परीक्षण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ