२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकोभिड तथा नन कोभिड बिरामीलाई विशेषज्ञ स्वास्थ्य परामर्श सुरु

कोभिड तथा नन कोभिड बिरामीलाई विशेषज्ञ स्वास्थ्य परामर्श सुरु


धनगढी–सुदूरपश्चिम प्रदेशमा कोभिड तथा ननकोभिड बिरामीलाई स्वास्थ्य परामर्श दिने उद्धेश्यले डा. सुरेन्द्र ऐर र सँगसँगै अभियानको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुबाट निःशुल्क स्वास्थ्य परामर्श अभियान सुरु भएको छ ।

अभियानका नेतृत्वकर्ता कैलाली अस्पतालका फिजियोथेरापिष्ट साइको सोसियल काउन्सिर डा. सुरेन्द्र ऐरले अभियानको उद्धेश्य कोभिड–१९ का अस्पताल आउन नसक्ने, आईसीयु, कसैलाई भेन्टिलेटर, कसैलाई अक्सिजनको खाँचो भएमा ती बिरामीलाई सहयोग गर्ने रहेको बताए ।

‘होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरुलाई फोनमार्फत परामर्श दिन सकियो भने बिरामीहरु आत्तिदैनन्,’ उनले भने । सबै अस्पतालमा कोभिडका बिरामीहरु भएकाले नन–कोभिडका बिरामीहरु सबैभन्दा बढी मारमा परेका छन् ।

अहिलेको अवस्थामा सबै घरभित्र रहेकाहरुका स्वास्थ्य समस्या फोनमार्फत निःशुल्क स्वास्थ्य परामर्श दिन खोजेको उनले बताए । उक्त टिममा कैलाली अस्पताल, सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल, काठमाडौं मोडेल अस्पताल, मिश्र पोलिक्लिनिक, कान्तिपुर अस्पताल महाकाली अस्पताल निसर्ग अस्पताल, नेपाल प्रहरी अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, हिमाल डेन्टल अस्पताल, इसान मेमोरियल अस्पतालका गरी १९ जना विशेषज्ञ चिकित्सकको टिम रहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ