२०७८ असार ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा थप २ सय ९५ जनामा कोभिड पुष्टि

सुदूरपश्चिममा थप २ सय ९५ जनामा कोभिड पुष्टि


धनगढी – सुदूरपश्चिम प्रदेशमा थप २ सय ९५ जनामा कोभिड पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका दुई, कंचनपुर , बैतडी र बाजुरामा एक-एक जना संक्रमितको मृत्यु भएको हो ।

 एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै सुदूरपश्चिम प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्य ३९ हजार ४सय १९पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या ५ सय पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ९ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस सँगै कुल संक्रमितमध्ये २४ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)