२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिममा १ हजार २ सय ३ जना कोभिड संक्रमणमुक्त

सुदूरपश्चिममा १ हजार २ सय ३ जना कोभिड संक्रमणमुक्त


धनगढी – सुदूरपश्चिम प्रदेशमा थप १ हजार २ सय ३ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३ जना कोभिड-१९ संक्रमणमुक्त भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको हो  ।

यस सँगै कुल संक्रमितमध्ये २६ हजार ८ सय १ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।  निर्देशनालयका अनुसार बाजुरामा २ जना , डडेल्धुरामा २ , कैलालीमा १ कंचनपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै कुल संक्रमितमध्ये हालसम्म मृत्यु हुनेको संख्या ५ सय १२ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घन्टामा थप २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै, एन्टिजेन बिधिबाट गरीएको परीक्षणमा १ सय १ जनामा र पिसिआर परीक्षणबाट १सय ९२जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यस  प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्य ४० हजार २ सय ४८ पुगेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ