२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश१४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया

१४ वर्षको उमेरमै अण्डाशयमा ४ केजीको ट्युमर, सि. पी. अस्पतालमा सफल शल्यक्रिया


कैलाली –  कैलालीको गौरीगंगा नगरपालिकाकी १४ वर्षीया किशोरी विगत ४ दिन देखि पेट दुख्ने, बान्ता हुने र दिसा नहुने समस्या भएपछि एक स्थानिय मेडिकल पुगिन् । मेडिकलले परीक्षणसहित थप उपचारका लागि अन्यत्र जान सुझाव दियो ।

सोमबार बिहान धनगढीस्थित सि. पी. अस्पतालमा भर्ना भएर अल्ट्रासाउण्ड गर्दा अण्डाशयमा ट्युमर देखियो । दुखाइ बढ्दै गएपछि दुखाइ कम गर्न औषधी चलाइयो । तर , कुनै फरक भएन ।

उपचारमा संलग्न स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. निर्मला शर्मा पाण्डेले चेकजाँचपश्चात टयुमर बटारीएर रगत सञ्चालन बन्द भएको हुनाले तुरुन्तै शल्यक्रिया गर्न सुझाव दिइन ।

सोमबार साँझ नै उक्त किशोरीको अण्डाशयको टयुमरको शल्यक्रिया स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मा (पाण्डे) र एनेस्थेसिया डा. कपिल गौतमले गरेका थिए । डा. शर्माकाअनुसार उक्त ट्युमर ४ के.जीको थियो ।

किशोरीकी आमाका अनुसार उनले ४–५ महिना पहिले नै किशोरीको तल्लो पेटको तल्लो भागमा गाँठो फेला पारेकी थिइन् । तर, दुखाइ नभएकाले अस्पताल नलगेको बताइन् ।

अण्डाशयमा कोषिकाहरुको उत्पादन आवश्यकताभन्दा बढी भएका टयुमर बन्ने गर्दछ । यो खालको टयुमर वयस्कमा बढी देखिए पनि किशोरावस्थामा पनि देखिन्छ । यस्ता टयुमर सबै क्यान्सर हुँदैनन् तर शरीरमा गाठाँगुठी देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ