२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै

धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै


धनगढी—कैलालीको धनगढी उपमहानगरपालिका–१ एलएन चोकमा विशेषज्ञ सेवासहितको स्वस्तिक कार्डियो  हस्पिटल संचालनमा आउने भएको छ । मुटु रोगलाई प्राथमिकतामा दिएर सञ्चालनमा आउने लागेको उक्त अस्पतालले भदौ दोस्रो साताबाट सेवा प्रवाह गर्ने प्रबन्ध निर्देशक महेश जोशीले बताए ।

‘मुटु रोगको सम्पूर्ण उपचार हुने गरी हामीले अस्पताल सञ्चालनको तयारी गरेका छौं,’ उनले भने, ‘अन्य विविध सेवाहरु पनि अस्पतालले दिनेछ ।’

मुटुरोगसँगै अस्पतालले मुत्ररोग, छाला–कुष्ठरोग, हर्मोन तथा ग्रन्थीरोग, इन्डोक्रइनोलोजी, जनरल सर्जरी, जनरल मेडिसिनका सेवाहरु पनि प्रवाह गर्नेछ ।

अस्पतालमा अत्याधुनिक उपकरण पनि ल्याइएको जोशीले जानकारी दिए । ‘अस्पतालमा इकोकार्डियोग्राफी, डिजिटल एक्सरे, डेन्टल ओपीजी, युएसजी, एबीपी, हल्टर, टिएमटीलगायतका सेवाहरु समेत दिइनेछ,’ अस्पतालका प्रबन्ध निर्देशक जोशीले भने ।

अस्पतालमा ६ बेड आईसीयु , दुई बेड भेन्टिलेटरसहित काठमाडौंका दुईवटा ठुला अस्पतालको सहकार्यमा टेलीमेडिसिन युनिटसमेत संचालनमा आउने छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ