२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : डेढ वर्षदेखि थन्कियो रेफ्रिजेरेटर भ्यान

सुदूरपश्चिम प्रदेश : डेढ वर्षदेखि थन्कियो रेफ्रिजेरेटर भ्यान


धनगढी – सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको रेफ्रीजेरेटर भ्यान डेढ वर्षदेखि थन्किएको छ । प्रदेशलाई स्वास्थ्य सेवा विभागले ३ वर्ष अगाडी दिएको रेफ्रिजेरेटर (कोल्डचेन भ्यान) पहिलो वर्षबाट नै बिग्रन सुरु भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका सूचना अधिकारी लक्ष्मी श्रेष्ठले बताए ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कोल्डचेन भ्यान मर्मतको लागि ६–७ लाखसम्म खर्च भएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीका रेफ्रिजेरेटर टेक्निसियन बसन्त साउदले रेफिजेरेटर भ्यानमा चिस्यान हुनेमा समस्या तथा ग्यास लिकेजको समस्या रहेको बताए ।

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले रेफ्रिजेरेटर भ्यान बिग्रदा नियमित खोप ढुवानीमा खासै समस्या नआएपनि कोभिड विरुद्धको खोप ठुलो मात्रामा ढुवानी गर्नुपर्ने भएकाले समस्या भएको जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ