२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग

सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँको स्वास्थ्य सामाग्री सहयोग


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले झण्डै १ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्रतिष्ठानलाई अमेरिकामा विभिन्न संस्थाहरुसँग पहल गरी प्राप्त भएको स्वास्थ्य सामाग्री प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिन् ।

प्रतिष्ठानले आइसोलेसन गाउन, फेसशिल्ड, मास्क, एन९५ मास्क, डिजिटल थर्मोमिटर, पीपीई सेट, इमर्जेन्सी रिलिफ बेड, पञ्जालगायतका सामाग्री सहयोग गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले तेस्रो चरणको महामारी रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी गरीरहेको र महामारीमा सहयोगी हातहरुले सहयोग गर्दा महामारीसँग जुध्न सकिने बताए ।

उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव रघुराम बिष्टले तेस्रो चरणको महामारीसँग जुध्न धनगढी, टिकापुर, कंचनपुरमा बालबालिका लक्षित गरी अस्पतालमा बेडहरुको प्रबन्ध भइरहेको र सुदूरपश्चिम प्रदेशमा दक्ष जनशक्तिको खाँचो भएको बताए ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले संकटको बेला देशलाई सहयोग पु¥याउने उद्धेश्य र सुदूरपश्चिम प्रदेशलाई सुरुवाती चरणको स्वास्थ्य सामाग्री सहयोग गरेको बताइन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ