२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री वितरण

कञ्चनपुरको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर तथा स्वास्थ्य सामाग्री वितरण


धनगढी – बेमौसमी वर्षाका कारण कैलालीको टिकापुर नगरपालिकामा वडा.नं ७-८ मा बाढी प्रभावितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । सोमबार युएनएफपिएले टिकापुर नगरपालिकाको वडा नं ७ का बाढी प्रभावित क्षेत्रमा १९ देखि ४९ उमेर समुहका गर्भवती महिला,सुत्केरी,स्तनपान गर्ने महिलाका लागि महिला मर्यादा सामाग्री (डिग्निटी किट) हस्तारन्तरण गरेको हो ।

टिकापुर नगरपलिकाको बाढी प्रभावित क्षेत्र बडा नं ८मा  केयर नेपालले हाइजिन किट वितरण गर्नुका साथै युएन एफपिएले महिला मर्यादा सामाग्री (डिग्निटी किट) ले बितरण गरेको टिकापुर नगरपालिका की स्वास्थ्य सह–संयोजक सि अ.न.मी हेमा ज्ञवालीले बताइन् ।

त्यस्तै, मंगलबार कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाको वडा नं १० मा स्वास्थ्य शिविर आयोजना गरी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सामाग्री समेत वितरण गरिएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा सेवा लिन आएका किशोरी तथा गर्भवति महिलाहरुलाई किशोरी किट तथा महिला मर्यादा सामाग्री (डिग्निटी किट) युएनएपपिएले बितरण गरीएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए ।

द्योधरा चाँदनी नगरपालिकाको उक्त बाढी प्रभावित क्षेत्रमा ३ सय ३३ जनाले स्वास्थ्य शिविरबाट सेवा लिएको स्वास्थ्य कार्यालय कंचनपुरका परीवार नियोजन सुभपरभाईजर कपिल देव जोशीले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ