२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश आयुर्वेद चिकित्सालयबाट सञ्चालन हुनेछन् यस्ता सेवा

सुदूरपश्चिम प्रदेश आयुर्वेद चिकित्सालयबाट सञ्चालन हुनेछन् यस्ता सेवा


धनगढी—सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका—१३ राजपुरमा सुविधासम्पन्न आयुर्वेद चिकित्सालय संचालनमा आउने भएको छ । उक्त आयुर्वेद चिकित्सालयको भौतिक संरचना निर्माणाधीन अवस्थामा रहेको छ ।

सुदूरपश्चिम प्रदेशमा आर्युर्वेद चिकित्सालयमा ५० शैय्यासहितको अस्पताल संचालन गरी पठनपाठनका लागि समेत प्रयोग गरिने र आयुर्वेद औषधीप्रति बढिरहेको आकर्षणमा ठूलो टेवा पुग्ने चिकित्सालयले जनाएको छ । उक्त चिकित्सालयलाई आयुर्वेद प्रतिष्ठानका रुपमा विकास गरिनेछ ।

चिकित्सालयबाट शल्यचिकित्सा, पूर्वकर्म÷पञ्चकर्म, योग, फिजियोथेरापी, अत्याधुनिक प्रयोगशालालगायतका सेवाहरु प्रदान गरिने चिकित्सालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले बताए ।

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट नसर्ने रोग र मानसिक रोगको रोकथाम र उपचारमा आयुर्वेद र वैकल्पिक चिकित्साको पहुँच बढाइनेछ । यस्तै, आयुर्वेद चिकित्सालयबाट अन्तरंग र बहिरंग सेवा उपलब्ध हुनेछन् भने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनस्थापनात्मक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

यस्तै, आयुर्वेद चिकित्सा पद्दतिका क्षारसुत्र, पुर्वकर्म÷पंचकर्म, रसायन चिकित्सा, क्लिनिकल योग, फिजियोथेरापी सेवा उपलब्ध गराउने, स्वास्थ्य प्रवद्र्धन, प्राकृतिक चिकित्सा, होमियोप्याथिक सेवा, अकुपंचर सेवा र योग सेवा उपलब्ध गराइने, प्रयोगशाला सेवा, रेडियोलोजी सेवा र फार्मेसी सेवा उपलब्ध हुनेछन् ।

आयुर्वेद र वैकल्पिक चिकित्सा सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन हुनेछ भने विशेषज्ञ आयुर्वेद तथा वैकल्पिक चिकित्सा घुम्ती स्वास्थ्य सिविर संचालन हुनेछन् ।

स्वस्थ जीवनशैली व्यवस्थापन कार्यक्रम र जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालन हुनेछन् भने आयुर्वेदसँग सम्बन्धित विशेषज्ञ सेवा सञ्चालन हुनेछ । यसैगरी, आयुर्वेद चिकित्सालयमा रुरल फार्मेसी युनिट स्थापना गरेर आयुर्वेद औषधी उत्पादन तथा वितरण गर्ने, आयुर्वेद चिकित्सालयलाई जडिबुटी तथा आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा स्थापित गराइने डा. बमले बताए ।

उनकाअनुसार प्रदेशको आयुर्वेद तथा अन्य स्वास्थ्य संस्थाबाट आयुर्वेद र वैकल्पिक चिकित्सा सेवा लिनका लागि रिफरल आयुर्वेदको अस्पतालको रुपमा विकास गरिनेछ सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान संचालनमा ल्याएर संस्थागत विकास गरिनेछ । यसैगरी, आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धी तालिम, गोष्ठी, सेमिनार लगायतका कार्यहरु गर्ने डा. बमले जानकारी दिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ