२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशविद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरू

विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरू


धनगढी—आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरेको छ । विभागले विश्व स्वास्थ्य संगठनको साझेदारीमा शुक्रबार धनगढीमा कार्यक्रमको आयोजना गरी सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र बझाङका १० विद्यालय छनोट गरी सोही विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्बन्धित स्थानीय तहका शिक्षा शाखा प्रमुखसँग अन्तरक्रिया गरेको छ ।

विद्यालयस्तरबाट बालबालिकालाई आयुर्वेद र योगाको माध्यमबाट स्वास्थ्य जीवनशैली बारेमा व्यवहारिक ज्ञान प्रदान गरी आफ्नो समग्र स्वास्थ्यको सम्बन्धमा स्वयं उनीहरुलाई नै जागरुक बनाई ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’को अनुभूति गराउन सकेमा स्वास्थ्य, सक्षम, अनुशासित र उत्पादनशील नागरिक तयार गर्न सकिने आयुर्वेद विभागले जनाएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आयुर्वेद, स्वस्थ जीवनशैली–आहार–विहार र योगका व्यवहारिक पक्षलाई समेटेर पुस्तिका समेत तयार गरेको छ ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका तथा योग शिक्षकहरुलाई आयुर्वेद तथा योग, जडीबुडी सम्बन्धि प्रशिक्षण दिइने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका आयुर्वेद विज्ञ डा.मुनकर्ण थापाले बताए ।

खानपान र जीवनशैलीका कारणले अहिले नसर्ने रोगको जोखिम बढ्दै गइरहेकाले अस्पताल मात्र खोलेर नागरिकहरु स्वस्थ्य नहुने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा.वासुदेव उपाध्यायले बताए । उनले भने, ‘यो कार्यक्रम विद्यार्थीले सिकेको कुरा घरपरिवारसम्म पुग्ने भएकाले शिक्षक तथा विद्यार्थीबाट अनुकरणीय रुपमा आओस भनेर यो कार्यक्रम कार्यान्वयनको प्रयास गरेको हो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ