२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमै हुने भयो फिजियोथेरापीबाट नसा च्यापिएको सफल उपचार

धनगढीमै हुने भयो फिजियोथेरापीबाट नसा च्यापिएको सफल उपचार


धनगढी – कन्चनपुरको पुर्नवासकी एक १७ वर्षीया किशोरीको शौचालय जाने क्रममा मेरुदण्डको नशा च्यापिएर  १७ –१८ दिनसम्म बेडमै थला परिन। उपचारको लागि वरिष्ठ फिजियोथेरापिष्ट डा. सुरेन्द्र ऐरकोमा पुगिन। त्यहाँ उपचारपछि १० दिनको फिजियोथेरापी पछि हिड्न सक्ने अवस्थामा पुगेको बिरामीका आफन्तले बताए ।

त्यस्तै,  धनगढीका एक ३३ वर्षीय युवक कार्यालयमा बस्दा बस्दै मेरुदण्डको नशा च्यापिएर उपचारको लागि नेपालगञ्ज, काठमाडौंलगायतका अस्पतालका धाए । समस्या ठिक नभएका कारणले अहिले डा. ऐरको निगरानीमा ३ महिनादेखि फिजियोथेरापीमा गर्दै आइरहेका छन् ।

अहिले पहिलेको अवस्थाभन्दा ठिक भएको अलि लामो समयसम्म फिजियोथेरापी गराउँदा सामान्य अवस्थामा आउन सकिने बताउँछन् ।
फिजियोथेरापी औषधी विज्ञानको एक महत्वपूर्ण भाग हो । भौतिक चिकित्सा विज्ञान पद्धति उपचार गरिन्छ । फिजियोथेरापी सबै उमेर समुहका महत्वपूर्ण उपचार पद्धति हो ।

फिजियोथेरापीको मुख्य काम भनेको मानिसलाई सक्रिय बनाउनु, क्रियाशील बनाउनु, रोगीको अवस्थालाई पूरानै जीवनशैलीमा ल्याउन मद्दत  गर्नु हो । यसमा जोर्नी तथा तन्तुलाई चलाएर उपचार गरिन्छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ