२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीस्थित सारथी अस्पतालमा आर्थोस्कोपी सेवा सुरु

धनगढीस्थित सारथी अस्पतालमा आर्थोस्कोपी सेवा सुरु


धनगढी—कैलालीको धनगढीस्थित सारथी अस्पतालमा आर्थोस्कोपी सेवा सुरु भएको छ । १ मंसिरबाट आर्थोस्कोपी सेवा सुरु गरिएको सारथी अस्पतालले जनाएको हो।

कन्सल्टेन्ट अर्थोपेडिक तथा अर्थोस्कोपी सर्जन डा. धनबहादुर कार्की र कन्सल्टेन्ट अर्थोपेडिक ट्रमा सर्जन डा. निरज शाहको टिमले अर्थोस्कोपी सेवा सुरु गरेको सारथी अस्पतालका प्रबन्ध निर्देशक वेदप्रकाश जोशीले जानकारी दिए ।

दुरविनको माध्यमबाट जोर्नीभित्र सानो प्वाल बनाएर आवश्यक उपकरणको सहायताले उपचार वा शल्यक्रिया गर्ने प्रविधि नै आर्थोस्कोपी हो । जोर्नी (कुम, घुँडा, कुहिनो वा हरेक जोर्नी) को समस्या भएको सम्भावित ठाउँमा सानो प्वाल बनाएर दुरविन छिराई त्यहाँ समस्या भए-नभएको वा के कस्तो अवस्था छ भन्ने एकिन गरिन्छ ।

साथै, शल्यक्रिया गर्नुपर्ने वा रोग निर्मुल गर्न के कस्तो उपचार आवश्यक पर्ने हो सोही अनुसार उपचार प्रक्रिया सुरु गरिन्छ । यस माध्यमबाट उपचार गर्दा ठूलो घाउ नहुने हुनाले चाँडै निको हुन्छ । आर्थोस्कोपीबाट घुडा दुख्ने , जोर्नीको नसा च्यातिएको, घुडाको जाली च्यातिएको, घुडा सुन्निएको, कुरकुरे हड्डीको चोट, गोली गाँठाको वरिपरी नसाको चोट, कुम वरिपरीको मासुको चोट, कुम फुस्किने आदिको उपचार गरिन्छ ।

त्यस्तै, मेरुदण्ड सम्बन्धी समस्या, हड्डी भाँचिएको, स्पाइनल इन्जुरी, ढाडको टि.बि , स्पाईनल टि.बि को उपचार गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ