२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

अन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न


धनगढी–कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आयोजना गरेको अन्तर प्रादेशिक अस्पताल मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । शनिबार धनगढी प्रावधिक विद्यालय धनगढी गाउँको खेल मैदानमा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालका स्वास्थ्यकर्मीबीच मैत्रीपूर्ण फुटबल भएको थियो ।

प्रतियोगितामा सेती प्रादेशिक अस्पताल आयोजक टिम विजेता भएको छ । विजेता बनेको सेती प्रादेशिक अस्पताले ५–२ को गोल अन्तरले जित हासिल गरेको हो ।

उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सेती प्रादेशिक अस्पतालका टिम कप्तान डा. निरज अर्याल उत्कृष्ट खेलाडी बने ।

डा. अर्यालले स्वास्थ्यका लागि खेलकुद भन्ने मुुल नाराका साथ बिरामीको सेवा गरिरहेका रहेका चिकित्सकहरुलाई एक आपसमा परिचय तथा चिकित्सक÷स्वास्थ्यकर्मीलाई पनि स्वस्थ्य राख्ने प्रायोजनले खेल आयोजना गरिएको बताए ।

प्रतियोगिता गत वर्षबाट आयोजना हुँदै आएको छ । गत वर्ष महाकाली अस्पतालले मैत्रीपूर्ण फुटबल आयोजना गरेको थियो ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ