२०८१ साउन ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश७२ औं नेपाली चिकित्सक दिवस : धनगढीमा विभिन्न कार्यक्रम गरी मनाइदै

७२ औं नेपाली चिकित्सक दिवस : धनगढीमा विभिन्न कार्यक्रम गरी मनाइदै


धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले धनगढीमा नेपाली चिकित्सक दिवसको अवसरमा प्रभात फेरी कार्यक्रम गरेको छ ।

सो प्रभात फेरी कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासिचव डा. बद्री पाण्डे लगायतका चिकित्सकहरुको सहभागिता रहेको थियो ।

नेपाली चिकित्सकहरुको छाता संगठनले संघ स्थापना भएको दिन फाल्गुन २० मा चिकित्सक दिवस मनाउने गरिन्छ। यो ७२औं दिवस हो । दिवसको अवसरमा चिकित्सकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष डा. प्रदिप मिश्रले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ