२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशचिकित्सक संघद्धारा चिकित्सकलाई सम्मान तथा पुरस्कार वितरण

चिकित्सक संघद्धारा चिकित्सकलाई सम्मान तथा पुरस्कार वितरण


धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशले २ जना चिकित्सकलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । शुक्रबार कैलालीमा संघले चिकित्सक दिवसको अवसरमा कार्यक्रम आयोजना गरी दुई चिकित्सकलाई सम्मान तथा पुरुस्कार वितरण गरेको हो ।

सुदूरपश्चिमप्रदेशका सामाजिक बिकास मन्त्रीलालबहादुर खड्काले प्रदेश स्वास्थ्य निर्देशनालयका पुर्व निर्देशक डा. गुणराज अबस्थीलाई सम्मान र युनिभर्सल मेडिकल कलेज भैरहवामा कार्यरत डा. स्निगा सुभमलाई १५ हजार नगद सहित मेडिकल रिसर्च अवार्ड २०२२ पुरुस्कार प्रदान गरेका थिए ।

संघले पुरस्कार वितरणको साथै अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । जसमा मन्त्री लेख राज भट्ट, नेपाली काँग्रेस नेत्री तथा समाजसेवी डा. आरजुराणा देउवा, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारी जोशीको उपस्थिति थियो ।

कार्यक्रमममा बोल्दै नेपाली काँग्रेस नेत्री तथा समाजसेवी डा. आरजु राणा देउवाले विगत ३० वर्ष देखि चिकित्सकहरुको सेवा सुविधामा कुनै वृद्धि नभएको कुरा उल्लेख गरिन् । उनले भनिन्,  ‘कामको चापअनुसारको चिकित्सकहरुलाई पारीश्रामिक उपलब्ध गराउनुपर्ने देखिन्छ ।’

कार्यक्रममा सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था तथा चिकित्सकको अवस्थाको बारेमा निर्देशक डा. जगदीश जोशीले प्रस्तुतीकरण राखेका थिए ।

सोही कार्यक्रममा बोल्दै संघका अध्यक्ष लोचन कार्कीले मिडियाले चिकित्सकको लापरवाही भनेर समाचार आउँदा बिरामी र चिकित्सकबीचको दुरी टाढा बनाएको बताए । उनले भने, ‘नेपालमा कार्यरत चिकित्सकहरुको पेशागत सुरक्षा , सामाजिक सुरक्षा र आर्थिक सुरक्षा हुनु पर्दछ ।’


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ