२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेश‘सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक’

‘सुदूरपश्चिम प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक’


धनगढी – सुदूरपश्चिमप्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको प्रदेशका सामाजिक विकास मन्त्रीलालबहादुर खड्काले बताए ।

आइतबार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको संक्रामक रोगहरुको द्रुत सूचना प्रवाहका लागि सेन्टिनल साइटहरुसँग रिर्पोटिङ सिस्टमको समिक्षा कार्यक्रममा बाल्दै मन्त्री खड्काले सुदूरपश्चिम प्रदेशमाजनस्वास्थ्यका सुचकहरु हेर्दा स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताए ।

प्रदेशले अरु प्रदेशको तुलनामायस प्रदेशले अलि बढी काम गर्नु अवस्था रहेको र स्वास्थ्य क्षेत्रका समस्याहरु समाधान गर्न तथा स्वास्थ्य अवस्था सुधारमा प्रदेश सरकार केन्द्रित रहेको बताए ।

प्रदेशमा विशेषज्ञ जनशक्ति व्यवस्थापन तथा भर्नाको लागि संघीय सरकारले निजामति सेवा ऐन नल्याएको र प्रदेशको निजामति सेवा ऐन विचाराधिन अवस्थामा रहेको उनले बताए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल र महाकाली प्रादेशिक अस्पतालहरुले इलेक्ट्रोनिक हेल्थ रेकर्ड सिस्टम संचालनमा रहेको र अब प्रदेशका जिल्ला अस्पतालमा उक्त सेवा सुचारु गरिने बताए ।

कोभिड महामारी पछि प्रदेशका जनताहरुको यहाँका अस्पताल प्रतिको विश्वास बढेको र स्वास्थ्यकर्मीलाई हेर्ने दृष्टिकोणमा फरक भएको मन्त्री खड्काले बताए । रिफर सेन्टर बनेको प्रदेशका अस्पतालहरुको स्वास्थ्य सेवा प्रवाहमा पनि सुधार भएको, महाकाली अस्पताल र सेती प्रादेशिक अस्पतालको विशेषज्ञ सेवा प्रदेशमा रहेका जिल्ला अस्पतालसम्म पुु¥याउने लक्ष्यले टेलिमेडीसिन सेवा सूचारु गर्न तयारी पुरा भएको बताए ।

२ अस्पताल सम्मानित

प्रदेश स्वास्थ्य निर्देशनालय संक्रामक रोगहरुको द्रुत सूचना प्रवाहका लागि सेन्टिनल साइटहरुसँग रिर्पोटिंग सिस्टमको समिक्षा कार्यक्रममा प्रदेशका २ अस्पतालहरुलाई सम्मान गरेको छ ।

स्वास्थ्यनिर्देशनालयका भेक्टर कन्ट्रोल निरिक्षक हेमराजजोशीका अनुसार संक्रामक रोगहरुको द्रुत सुचना प्रवाहमा शतप्रतिशत कार्य गरेकाले सम्मन गरिएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ