२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ नक्कली डाक्टर प्रहरी फन्दामा

नक्कली डाक्टर प्रहरी फन्दामा


धनगढी – अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ।  मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक पक्राउ परेका हुन् ।

उनले आफू त्रिवि शिक्षण अस्पताल र वीर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस-एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए।

उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिद, बैंकका भौचर, श्री एयरलाइन्सको बोडिङ पास फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ