२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशअत्तरिया डेन्टल केयर सञ्चालनमा

अत्तरिया डेन्टल केयर सञ्चालनमा


धनगढी – कैलालीको अत्तरिया बजारमा अत्तरिया डेन्टल केयर सञ्चालनमा आएको छ। डाक्टर परशुराम ठाकुरसहितको टिमले अत्तरिया अस्पतालसँगको समन्वयमा अत्तरिया डेन्टल केयर सञ्चालनमा ल्याएका हुन।

उनले नागरिकलाई सस्तो मुल्यमा गुणस्तरिय उपचार दिन आफुले अत्तरियामा डेन्टल केयर खोलेको डा. ठाकुरले बताए । डेन्टल केयर सञ्चलनमा करिब ३० लाख लगानी लागेको उनको भनाइ छ।

उनले अत्तरिया डेन्टल केयर डेन्टल सम्बन्धि डाक्टरहरुले सञ्चालनमा ल्याएको पहिलो डेन्टल केयर भएको बताए। सुदूरपश्चिममा डेन्टल सम्बन्धि जनचेतनाको कमी भएको बताउँदै उनले उक्त डेन्टल केयरले नागरिकमा डेन्टल समस्या र यसको समाधानको बारेमा समेत जानकारी गराउने उनको भनाइ छ।

डाक्टर ठाकुरले भने, ‘अत्तरिया डेन्टल केयरमा पोर्टेबल र आरभिजी एक्सरे युनिकद्धारा नागरिकको गुणस्तरिय उपचार गरिने छ। युनिट अत्तरियामा अन्य डेन्टलहरुभन्दा फरक छ ।’

उनका अनुसार उक्त डेन्टल केयरमा काठमाण्डौबाट आएका ३ जना डाक्टरहरुको टिमले सेवा दिनेछ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ