२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशतिमिल्सैन हेल्थपोष्टलाई एम्बुलेन्स

तिमिल्सैन हेल्थपोष्टलाई एम्बुलेन्स


काठमाडौं-अछामको तिमिल्सैन हेल्थ पोष्ट एवं वर्थिङ सेन्टरले भारतीय राजदूतावासमार्फत एम्बुलेन्स पाएको छ । आइतबार काठमाडौंस्थित भारतीय दूतावासले एक कार्यक्रममार्फत अछामको बान्नीगढी जयगढ गाउँपालिका-४ तिमिल्सैन हेल्थपोष्टलाई हस्तान्तरण गरेको हो ।

७५ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले नेपाललाई अनुदान सहायतास्वरूप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको थियो । सोही उपहार कार्यक्रममार्फत तिमिल्सैन हेल्थपोष्टले समेत एम्बुलेन्स पाएको हो ।

तिमिल्सैन हेल्थपोष्टलाई एम्बुलेन्स उपलब्ध गराउनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना र नेपाल प्रहरीका निरिक्षक योगेन्द्र तिमिल्सिनाले विशेष पहल गरेका थिए। तिमिल्सैन हेल्थपोष्टलाई उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिका अध्यक्ष टेकबहादुर साउँद र तिमिल्सैनका वडाध्यक्ष किरण खत्रीले बुझेका थिए ।

‘एम्बुलेन्स प्राप्त भएपछि अब बिरामीलाई अस्पतालसम्म पुर्याउन सहज हुनेछ,’ वडाध्यक्ष खत्रीले भने, ‘जनतालाई बिरामी हुँदा अस्पतालसम्म पुर्याउनका लागि व्यहोर्नुपर्ने समस्या अन्त्य भएको छ ।’ उनले एम्बुलेन्सलाई वडा, गाउँपालिका र जिल्लास्तरमा आवश्यकताका आधारमा परिचालित गरिने बताए ।

बान्नीगढी जयगढ गाउँपालिकामा प्रदेश सरकारले दिएको एम्बुलेन्स भएपनि निरन्तर आउने प्राविधिक समस्याका कारण पूर्ण रुपमा सञ्चालनमा छैन । जसका कारण स्थानीयले बिरामीहरुलाई अस्पतालसम्म पुर्याउन समस्या झेल्दै आएका छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ