२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसरकारी बजेट सक्न सुटुक्क ३ लाख ५० हजार खर्चेर ‘स्वास्थ्य प्रवर्द्धन तारा छनोट’ कार्यक्रम

सरकारी बजेट सक्न सुटुक्क ३ लाख ५० हजार खर्चेर ‘स्वास्थ्य प्रवर्द्धन तारा छनोट’ कार्यक्रम


धनगढी—सुदूरपश्चिम प्रदेश सरकारको असार मसान्त लागेसँगै चालु आर्थिक वर्षको बजेट सक्न प्रादेशिक स्वास्थ्य प्रवर्द्धन कार्यालय कञ्चनपुरले तारा छनोट कार्यक्रमको आयोजना गरेको छ। प्रदेशको अस्थायी राजधानी धनगढीस्थित एक होटलमा केन्द्रले २ दिने प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको हो।

कञ्चनपुरको भिमदत्त नगरपालिका—४ महेन्द्रनगरमा कार्यालय रहेको केन्द्रले प्रदेश किशोर/किशोरी स्वास्थ्य प्रवर्द्धन तारा छनोट कार्यक्रम आयोजना गरिएको जनाएको छ। स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख हेमराज खड्काकाअनुसार उक्त कार्यक्रमका लागि प्रदेश सरकारले ३ लाख ५० हजार बजेट छुट्याएको थियो।

उक्त कार्यक्रममा प्रदेशभरका १० जना प्रर्तिस्पर्धी र ५० जनाभन्दा बढीलाई सहभागी गराइएको बताइएको छ। उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री गोविन्दराज बोहरा, राज्यमन्त्री टेकबहादुर रैका पनि सहभागी भएका थिए।

सोमबार सुरु भएको कार्यक्रम भोलि समापन हुने बताइएको छ। असार मसान्तमा आएर सीमित सहभागी बोलाइ गरिएको यो कार्यक्रमको चौतर्फी आलोचना भइरहेको छ। धनगढीकै अधिकांश किशोर—किशोरीले पनि यो कार्यक्रमबारे जानकारीसमेत नपाएको गुनासो गरेका छन्। आयोजकले कार्यक्रमको उद्देश्य र प्रभावकारिताबारे प्रष्ट रुपमा खुलाएको छैन।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ