२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिनका शिशुको मृत्यु, तीन जना घाइते

कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिनका शिशुको मृत्यु, तीन जना घाइते


धनगढी—कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा ३ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहमा एम्बुलेन्स दुर्घटना हुँदा बेल्डाँडी गाउँपालिका–४ की अनिता खत्रीको ३ दिने शिशुको मृत्यु भएको हो ।

दुर्घटनामा परी अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीय माघी खत्री घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी नायब निरीक्षक रमेशसिंह बुढाथोकीले बताए ।

अनिताले ३ दिनअघि धनगढीको सेती प्रादेशिक अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । उनी कुरुवासँगै घर फर्कदै गरेको प्रहरीले जनाएको छ। घाइतेहरुको बेलौरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स अनियन्त्रित भएर एक घरमा ठोक्किएको बेलौरी प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरा प्रहरी नियन्त्रणमा छन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ