२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशवडा क्लिनिक सञ्चालनको लागि २५ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग

वडा क्लिनिक सञ्चालनको लागि २५ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण सहयोग


धनगढी – धनगढी उपमहानगरपालिकालाई सुदूरपश्चिम सरकारले स्वास्थ्य उपकरण सहयोग गरेको छ। विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्न सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले धनगढीलाई साढे २५ लाख मूल्य बराबरको उपकरण सहयोग गरेको हो ।

बुधबार सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराले धनगढीका नगर प्रमुख गोपाल हमाललाई प्रिन्टरसहितको अल्ट्रासाउण्ड मेशिन, अत्याधुनिक १२ च्यानलसहितको इसिजी मेशिन र मोबाइल ल्याब हस्तान्तरण गरेका हुन्। मन्त्री बोहराले २५ लाख ५३ हजार ८ सयका उपकरण नगर प्रमुख हमाललाई हस्तान्तरण गरेका थिए।

उपकरण हस्तान्तरण गर्दै मन्त्री बोहराले नगरप्रमुखको आग्रहमा उपकरण सहयोग गरेको बताए। उनले भने, ‘यस्ता अभियान अझ पनि अगाडी बढ्नेछन्। त्यसका लागि नगर प्रमुखरउपप्रमुखसँग सल्लाह गरेर मन्त्रालयले स्वास्थ्य शिविरका लागि सहयोग गर्नेछ। सामाजिक विकास मन्त्रालय हातेमालो गर्नका लागि अगाडी बढ्नेछ।’

नगर प्रमुख गोपाल हमालले धनगढी उपमहानगरपालिकाको अभियानमा प्रदेश सरकार पनि सहभागी भएको बताएका छन्।  ‘प्रभावकारी ढंगले, प्राथमिकताका आधारमा यो कार्यक्रमलाई अगाडी बढायौ भने जनतालाई दुवै सरकारको अनुभूति हुनेछ, ’उनले भने।

धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा विशेषज्ञ चिकित्सकसहितको वडा क्लिनिक सञ्चालन गर्ने नीति लिएको छ। साउन १ गतेबाट सुरु हुने उक्त अभियान सञ्चालनका लागि भाटभटेनी सुपरमार्केट धनगढीले दुई जना चिकित्सकको पारिश्रमिक तथा तलब भत्ताको रकम दिने सम्झौता गरेको छ। यस्तै धनगढीका औषधि व्यवसायीहरुले वडा क्लिनिकका लागि औषधि दिने आश्वासन दिएका छन्।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ